सडक बनाउने विषयमा दुपक्ष बिच झडप,११ जना माथि मुद्दा दर्ता

रौतहट असार २० गते
रौतहट । रौतहटको कटहरिया नगरपालिकामा बाटो निकाल्ने क्रममा दोहोरो झडप गर्ने ११ जना माथी मुद्दा दर्ता भएको छ । कटहरिया ८ पोखरिया गाउँमा झडपमा संलग्न ११ जनामाथी ईलाका प्रहरी कार्यालय गरुडामा मुद्दा दर्ता भएको हो । स्थानीय बच्चालाल यादव , सुखल यादव , बिगन यादव लगायत ११ जनामाथी केहि अभद्र व्यवहार मुद्दा दर्ता भैइ अदालत बाट म्याद थमाएको डिएसपी ज्ञान कुमार महतोले बताए । २ दिन अघि नया बाटो बनाउने क्रममा भएको दोहोरो झडपमा ७ जना घाइते भएका थिए ।
घाइते मध्ये टंईट यादवको बिरगंज स्थित एलएस न्युरो अस्पतालमा र अन्यको गरुडा अस्पतालमा उपचार भैइरहेको प्रहरीले जनाएको छ । बाटो निकाल्ने क्रममा दुई पक्ष अर्थात नेकपा र जसपा बिचको कुरो हुंदा बिवाद बढेको थियोे ।