सिम्राभवानिपुर बाट मोबाइल चोर पक्राउ

रौतहट असार २० गते रौतहटको गुजरा नपा सिम्राभवानिपुर बजार बाट बारा घर भएका एकजना मोबाइल चोर रंगेहात पक्राउ परेका छन् ।
सिम्राभावानिपुर बजारमा साग किन्ने क्रममा पत्रकार संजय मिश्रको एन्ड्रोईड मोबाईल चोर्दा चोर्दै बाराका ब्यवसाईक चोर पक्राउ परेको हो । पक्राउ पर्नेमा बारागढी गाउँ पालिका ३ खोप्वा सृपुराका मनोज यादवको १५ बर्षिय छोरा अमित यादव पक्राउ परेको प्रहरी चौकी सिम्राभवानिपुरका प्रमुख असैइ देवराज यादवले बताएका छन । पक्राउ अमित लाई आवश्यक कार्वाहीको लागि आजै ईलाका प्रहरी कार्यालय चन्द्रपुर पठाईने असैइ यादवले बताए । बाराको सृपुरा गाउँका दर्जनौं बालबालिका बारा,रौतहट पर्सा लगायतका ग्रामीण बजारमा घुमी घुमी पैसा तथा महंगो मोबाईल चोर्ने गर्दछन । शुक्रबार पक्राउ परेका अभियुक्त अमित यादव केही दिन अघिमात्र सिम्राभवानिपुर बजार बाट साईकल चोरेका थिए । बालबालिका जस्तो ई ब्यवसाईक चोरहरु पक्राउ पर्दा आफ्नो वास्तविक ठेगाना बताउदैनन ।