करिब तीन लाख रुपियाँसहित सात पक्राउ

बारा, ३२ साउन । करिब तीन लाख रुपियाँसहित बारामा कौडा खेलि रहेको अवस्थामा सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका १५ बस्ने ५१ वर्षीय मान बहादुर लोप्चन, सोही ठाउँका ४२ वर्षीय मान बहादुर गुरुङ, परवानीपुर गाउँपालिका ८ बस्ने ३७ वर्षीय जयराम दास, कलैया उपमहनगरपालिका २ बस्ने ३५ वर्र्षीय बिनोद प्रसाद यादव रहेका छन् । यस्तै सर्लाही जिल्ला बागमती ननगरपालिका १ बस्ने ४१ वर्षीय तारा कुमार श्रेष्ठ, सल्यान जिल्ला बढीमालिका नगरपालिका ८ बस्ने ३२ वर्षीय भूवन चन्द र सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका ७ बस्ने २५ वर्षीय पदम नेवार रहेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए । जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरा स्थित सगुन होटलको तेश्रो तल्लाको कोठा नम्बर २०५ मा कुमार श्रेष्ठ र प्रधुम्न बैधले जुवा कौडा खेलाई रहेको गोप्य सूचनाको आधारमा शनिबार साँझ सावाँ ५ बजे छापामारी उनीहरुलाई रँङ्गेहात पक्राउ गरिएको उनले जानकारी दिए । जुवा खेली रहेको कोठाबाट जुवाको खालसहित नगद २ लाख ९१ हजार ५ सय रुपियाँ र १६ वटा कौडा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुर्यबहादुर राना मगरको कमान्डमा खटिएको प्रहरी टोलीले बरामद गरेको हो । पक्राउ परेका उपर बिशेष अनुसन्धान सुरु गरिएको बारा प्रहरीले जनाएको छ ।