रौतहटमा निषेधाज्ञा अवधिभरि स्वस्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पुरा गरि पसल सञ्चालन गर्न पाईने

आरएन पटेल
रौतहट । साउन ३१ गते
विश्व कोरोना संक्रमनबाट अक्रान्त संगै रौतहटको अवास्था निकै जटिल बन्दै गएको अवस्थामा जिल्लामा विगत साउन २४ गते देखि लागू गरिएको निषेधाज्ञाको अवधिमा थप गरेर भाद्र ७ गतेसम्म लम्ब्याईएको छ । निषेधाज्ञाको अवधिमा आम नागरिकहरुलाई अति आवश्यक उपभोग्य खाद्यान्न सामग्रीको आपुर्तिलाई सहज बनाउन ३ दिन ३ घण्टा मात्र पसल सञ्चालन गर्न दिने भएको छ । रौतहटमा भदौ १ गतेदेखि ७ गतेसम्म निषेधाज्ञा थप गरेको छ । सो अवधिमा भदौ १ गते सोमबार, ३ गते बुधबार र ५ गते शुक्रबार ३ दिन विहान ०६ बजे देखि ९ बजे सम्म ३ घण्टा मात्र स्वास्थ्य सुरक्षाका शर्तहरु पुर्ण परिपालना गरी गराई अत्यावश्यक उपभोग्य खाद्यान्न पसलहरु खोल्न दिईने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिनु भएको छ । तोकिएको दिनहरुमा पसल सञ्चालन गर्दा विक्रेता तथा उपभोक्ताहरुले स्यानिटाईजर, मास्क तथा पन्जाको अनिवार्य प्रयोग गर्नु पर्ने , मास्क नलागई आउने उपभोक्ताहरुलाई खाद्य वस्तु बिक्री वितरण गन नपाउने र .बिक्रेताले अनिवार्य रुपमा भौतिक दुरी कायम हुने गरी मात्र बिक्री वितरणको व्यवस्था मिलाउनु पर्ने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । स्वस्थ्य सुरक्षा सम्बन्धी मापदण्डको उल्लंघन गर्ने र गराउने वा कार्यान्वयनमा अवरोध गर्ने गराउने उपर संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कडा कारवाही गरिने समेत प्रहरी उपरिक्षक रविराज खड्काले बताउनु भयो ।