अस्पतालबाट कम्पयुटर चोरी

पर्सा, २२ मंसिर पोखरीया अस्पतालबाट शनिवार राति कम्पयुटर चोरी भएको छ । स्वास्थ्य शाखाको कोठाबाट ताला लागेकै अवस्थामा एक थान कम्पयुटर चोरी भएको प्रहरीले जनाएको छ । चोरी भएको कम्प्युटरको बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अस्पतालको २ जना कर्मचारी बस्ने कोठाबाट चोरी भएको कम्पयुटर अस्पतालकै कर्मचारीहरुको मिलोमतोमा भएको हुनसक्ने स्थानियवासीहरुले आरोप लगाएका छन ।