नेता महतले ल्याए ‘काँग्रेसको परिचय’

हेटौंडा–नेपाली कांग्रेस मकवानपुरका नेता भिमसेन महतले नेपाली कांग्रेस पार्टीको इतिहासदेखि वर्तमानसम्मको आन्दोलन, नेताहरुको योगदानलगायतको विषयमा तयार पारिएको पुस्तक ‘नेपाली कांग्रेसको संक्षीप्त परिचय’ शुक्रबार बिमोचन गरिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले हेटौँडामा आयोजित एक समारोहमापुस्तक बिमोचन गरेका हुन् । ६० पुष्ठ रहेको पुस्तकमा, नेपाली कांग्रेसको इतिहास, बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण सम्शेर राणा, कृष्ण प्रसाद भट्टराई लगायतका नेताहरुको जीवनी समेत राखिएको छ ।

कांग्रेसको नेतृत्वमा भएका आन्दोलन, विमान अपहरण, ओखलढुङ्गा काण्ड, जनकपुर बम काण्ड राष्ट्रिय मेलम्िलापको नीति , २०१७ सालमा राजा महेन्द्रको कु पछिको सशस्त्र संघर्ष लगायतका विषय पुस्तकमा समेटिएको छ ।

कांग्रेसका बारेमा सहज जानकारी हासिल गर्न यो किताब उपयोगी हुने लेखक महतले बताए ।