मेलवर्न, अष्ट्रेलियाभिक्टोरिया राज्यको मधेशीहरुको संगठन मधेशी कम्युनिटी इन भिक्टोरिया ( MCV) को अध्यक्षमा रंजित साह चयन भएका छन् ।
भिक्टोरिया राज्यको राजधानी मेलवर्नमा १७ फेब्रुअरी शनिवारका दिन भएको वार्षिक साधारण सभा मार्फत साह सर्वसम्मतले अध्यक्ष पदमा चयन भएका हुन् ।
सभामा...
चित्ररंजन उपाध्यायभारतीय हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण दिल्लीको 'अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स'मा अगस्ट १० भर्ना भएका श्रीवास्तवको उपचारकै क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई व्यायामका क्रममा...
श्रीलङ्का सरकार प्रदर्शनकारीसँग वार्ता गर्न तयार भएको छ । प्रधानमन्त्री महिन्दा राजापाक्षेले राष्ट्रपतिको सचिवालय नजिकै निरन्तर प्रदर्शन गर्दै आइरहेका प्रदर्शनकारीसँग वार्ता गर्न तयार रहेको बताउनुभएको छ ।
उहाँले प्रदर्शनकारीलाई आन्दोलन छोडेर वार्तामा आउन आग्रह गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले...
नयाँ दिल्ली, ३० असोज । भारतमा एक किसान हत्याका आरोपितमध्येका एक व्यक्तिले प्रहरीसमक्ष आत्मसर्मपण गरेका छन् । शिख समुदायमा आबद्ध निहाङ समूहका सर्वजित सिंहले हत्याको जिम्मा लिँदै प्रहरीसमक्ष आत्मसर्मपण गरेका हुन् । हिजो साँझ हरियाणा र दिल्लीको सिमाको सिंघुमा एक...
काठमाडौं,माघ ६ । भारतमा कोरोनाविरुद्धको खोप लगाएका ५८० जनामा साइडइफेक्ट देखिएको छ । सात जनाको अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएको छ ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार शनिबार खोप अभियान सुरू भएयता दुई जनाको मृत्यु भएको छ ।शनिबार कर्नाटक राज्यमा...
काठमाडौं, माघ ५ । छिमेकी देश भारतमा एउटा अचम्मको घटना घटेको छ । विवाहको मण्डवबाट छोरा भागेपछि हुनेवाला बुहारीसँग एक बृद्धले विवाह गरेको खबर भाईरल भएको छ ।
भारतको बिहारमा ६५ वर्षका रोशनलाललाई २१ वर्षकी कन्यासँग विवाह गर्न छोराले बाध्य बनाएको...
‘जनकपुर–जयनगर रेल्वे’ यही माघको अन्तिम सातादेखि सञ्चालनमा आउँदैछ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल्वे सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको हुँदा माघ अन्तिम सातादेखि रेल सेवा शुरु हुने बताउनुभयो ।
भारतको विहार राज्यको जयनगरदेखि जनकपुरको कुर्थासम्मको ३५...
काठमाडौं, माघ ४ । भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ । एक जनाको अवस्था गम्भीर छ ।
भारतमा शनिबारदेखि कोरोना खोप दिन सुरु गरिएको थियो । पहिलो दिन स्वास्थ्यकर्मी र सफाइकर्मीलाई कोरोना खोप दिइएको थियो ।...
काबुल, माघ ४
अफगानिस्तानमा दुई न्यायाधीशको गोली हानी हत्या गरिएको छ । अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि आज बिहानै राजधानी काबुलमा गोली हानी हत्या गरिएको छ । अफगानमा जारी हिंसा अन्त्य गर्न सरकार र मुख्य विद्रोही तालिबान समूहबीच शान्ति...
काठमाडौं, माघ ३
भारत भ्रमणको अन्तिम दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर्नुभएको छ । नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवासमा आज विहान उहाँहरुबीच औपचारिक भेटवार्ता भएको हो ।
परराष्ट्रमन्त्री ज्ञवालीसँग उल्लेखनीय भेटवार्ता भएको भारतीय रक्षामन्त्री सिंहले...