कोरोना रोकथामका लागि स्थानिय तहमा सर्वदलिय संयन्त्र गठन हुने
बारा, १६ चैत । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको रोगथाम एवम पुर्व सचेतनाका लागि जिल्ला समन्वय समितिमा सर्वपक्षिय बैठक आईतवार सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा समन्वय समितिका संयोजक नवलकिशोर सिहको अध्यक्षतामा सम्पन्न बैठकले सो रोगको रोगथामका लागि स्थानिय तहहरुको प्रमुखको नियन्त्रणमा सर्वदलिय संयन्त्र गठन गर्ने, साथै वडामा वडाअध्यक्षको नेतृत्वमा ५० घरधुरीमा ५ देखि ७ जनाको स्यवम सेवक कमिटी निर्माण गर्ने निर्णय भएको संयोजक सिहले बताए । बैठकले बिदेशबाट र भारतवाट आएको ब्यतिmहरुलाई कडाईका साथ पहिचान गरि समबन्धित निकायमा यथाशिग्र जानकारी गराउने निर्णय भएको हो । खधान्य र तरकारीका लागि पसलहरु खोल्ने तर बिक्री बितरण गर्दा भिडभाड नगरी ३÷३ मिटरको दुरी रहेर लिनेदिने व्यवस्था गर्ने प्रहरी उपरिक्षक कृष्ण पंगेनीले जानकारी दिए । त्यसैगरि बैठकले कोरोना भाईरसको नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकारले गरेको लकडाउनलाई पुर्ण पालना गर्ने, सम्झाई बुझाई गर्ने, जनचेतना फैलाउने, लकडाउनको अवस्थामा घरमा बसेका जनताका लागि आवश्यक खधान्य, डिजेल, पेट्रोल, ग्यास, औषधीहरु पुरिपुर्तीका लागि व्यवस्था गर्ने र ज्यालादारी मजदुरहरुको बास्तिवक विवरण तयार गरि नगरपालिका, गाँउपालिका हुदै जिल्ला संन्यत्रमा जानकारी गराउने निर्णय भएको हो । बैठकमा संघिय साँसद रामसहाय यादव, एकवाल मिया, रामबाबु कुमार यादव, प्रदेश साँसदहरु उषा यादव, ज्वाला कुमारी साह, पारस साह, शारदाशंकर जसवाल, महम्द समिर, जिल्ला समन्वय समितिका उपप्रमुख पवनकुमार ब्याहुत, कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादव, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पंडित, प्रहरी उपरिक्षक कृष्ण पंगेनी, सशस्त्र प्रहरी उपरिक्षक दिगबिजय सुवेदी, राष्ट्रिय अनुसंन्धानका प्रमुख बिमल घिमिरे, नेपाली सेनाका निमित गणपति सेनानी धिरु अधिकारी, नेकपाका जिल्ला अधयक्ष क्षेत्रबहादुर श्रेष्ठ लगायतको बैठकमा सहभागिता रहेको जिल्ला समन्वय समितिका संयोजक सिहले बताए ।