मुख्यमन्त्री पौडेल अस्पताल भर्ना, एक हप्तासम्म आराम गर्नुपर्ने

हेटौंडा– ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएका छन् । मुटुको नियमित परीक्षणका लागि काठमाण्डौंको सहिद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आईतबारबाट भर्ना भएका हुन् ।

अस्पतालका विषेशज्ञ चिकित्सकरुको टोलीले उनको स्वास्थ्य जाँच गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । अस्पतालका चिकित्सककाअनुसार मुख्यमन्त्रीले एक हप्ता आराम गर्नुपर्ने छ ।

अस्पताल भर्ना भएसंगै एक हप्ताका लागि मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रमहरु स्थगित गरिएको मुख्यमन्त्रीका सचिवालयले जनाएको छ ।