नया नागरिकताका लागी दैनिक ६० जना र प्रतिलिपि दैनिक ३० जना सेवाग्राहीलाई मात्र सेवा प्रवाह हुने

रौतहट । असोज १३ गते
रौतहटमा बुधबारदेखि टोकन प्रणालीबाट नागरिकता बन्ने भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले मंगलबार एक सुचना जारी गर्दै कार्यालयबाट वितरण हुने स्थानिय तहगत रुपमा दैनिक सेवा प्रवाह भइरहेकोमा भिडभाड अत्याधिक भएको भन्दै बुधबारबाट टोकन प्रणालीका आधारमा सेवा प्रवाह गर्ने जनाएको छ । रौतहटमा सञ्चालनमा रहेका ईलाका प्रशासन कार्यालयहरुमा बुधबारदेखि टोकन प्रणाली लागु गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु भएको छ । बुधबारदेखि नया नागरिकताका लागी दैनिक ६० जना र प्रतिलिपि दैनिक ३० जना सेवाग्राहीलाई मात्र सेवा प्रवाह गर्न समेत जनाएको छ । नया नागरिकताको असोज १८ गतेसम्मको लागि टोकन समेत वितरण भइसकेकाले नया टोकन वितरण १९ गते हुने बताइएको छ । सेवाग्राहीहरुलाई टोकनका लागी सम्पुर्ण कागजातसहित कार्यालयको झ्याल नम्बर १ वा २ मा सम्पर्क गर्न समेत जिल्ला प्रशासन कार्यालय रौतहटले अनुरोध गरेको छ ।