मटिअर्वामा स्वास्थ्य चौकी भवनको रिबन काटेर उदघाटन

रौतहट । असोज १४ गते
रौतहट जिल्लाको मटिअर्वामा आधारभूत स्वास्थ्य चौकी भवनको उदघाटन गरिएको हो । बौधिमाई नगरपालिकाको वडा नम्बर ३ मटिअर्वा टोलमा एक कार्यक्रमका बिच सो भवनको उदघाटन गरिएको हो । बौधिमाई नगरपालिकाकि उपमेयर प्रेमलता कुशवाहा र नेकपाका प्रदेश नम्बर २ कमिटी सदस्य त्रिभुवन साह उर्फ अमरजी र वडाध्यक्ष श्रीभगवान पटेलले संयुक्त रूपमा उदघाटन गर्नु भएको हो । आज असोज १४ गते बुधबार का दिन रिबन काटेर भवनको उदघाटन गरिएको हो । सो वडाका वडाध्यक्ष श्रीभगवान पटेलको विशेष पहल र सीडिपी संस्था तथा बौधिमाई नगरपालिकाको संयुक्त लगानीमा आधारभूत स्वास्थ्य चौकी भवनको निमार्ण भएको छ । उक्त भवन निर्माण करिब ३१ लाखको लागतमा भएको वडाध्यक्ष पटेलले जानकारी गराएका हुन् । उदघाटन कार्यक्रमको अध्यक्षता वडाध्यक्ष पटेलले गरेका हुन । वडामा स्वास्थ्य चौकीको भवन नहुँदा समस्या हुन थालेपछि वडाध्यक्षले पहल गरि सो भवन निर्माण गराई आज संचालन गराउनु भएको हो । यस अवसरमा बौधिमाई नगरपालिकाका उपप्रमुख प्रेमलता कुशवाहा संगै नेकपाका प्रदेश किमिटी सदस्य एवम् बौधिमाई नगरपालिकाका मेयर प्रत्यासी त्रिभुवन साह उर्फ अमरजी,स्वास्थ्य संयोजक राकेश यादव , स्वास्थ्यकर्मी जयमंगल सिन्हा,सहित नगर भरिका स्वास्थ्य चौकिका ईन्चार्जहरूको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेता त्रिभुवन साहले नगरभरिको चार वटा वडामा स्वास्थ्य चौकि नरहेको अवस्थामा वडा नम्बर ३ मटिअर्वाबाट सुभारम्भ भएको मा वडाध्यक्ष सहित सम्पूर्ण वडावासिहरू लाई धन्यवाद दिनु भएको हो। मटिअर्वा यातायात को दृष्टिकोणले विकट भएकोले यहाँको बाटो घाटो निर्माण तर्फ नपाका जनप्रतिनिधिहरूलाई विशेष ध्यानाकर्षण गराउनु भएको थियो । यसै बिच वडाध्यक्ष पटेलले आफनो वडावासिलाई हरेक सेवा सुविधा पुर्याउन तैयार रहेको भन्दै आफू वडाध्यक्षको नाताले वडाको विकासका लागि दिनरात खटिराख्ने प्रतिबद्धता सम्त जाहेर गर्नु भयो ।