जंगली बाघको आक्रमणले चन्द्रपुरका भण्डारीको मृत्यु,२ घाईते



रौतहट । असोज १४ गते
रौतहटको चन्द्रपुर जंगलमा घास काट्न गएका एक युवालाई बाघले आक्रमण गर्दा मृत्यु भएको छ । चन्द्रपुर—६ का २७ बर्षिय संगम भण्डारीको बाघको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपि हेम बहादुर शाहीले जानकारी दिनु भएको छ । मंगलबार घास काट्न गएका भण्डारी रातीसम्म घर नआएपछि सोही दिन उहाको खोजीमा स्थानिय एक समुह खोजीमा गएका थिए । खोजीमा गएका स्थानियलाई समेत राती बाघले आक्रमण गरेका थिए । बाघको आक्रमणबाट २ जना घाइते समेत भएका छन । बेपत्तला भएका भण्डारीको कम्मर भन्दा तलको भाग बाघले खाएको अवस्थामा जंगलमा फेला परेको डीएसपी शाहीले बताउनु भएको छ । बाघको आक्रमणबाट चन्द्रपुर ६ का २८ बर्षिय अशोक थापा र ३५ बर्षिय प्रबिण श्रेष्ठलाई बाघले आक्रमण गरेर घाइते बनाएका थिए । भण्डारीलाई खोज्न गएका युवाहरुलाई सतेरी जंगलको तीन कुवा बन क्षेत्रमा बाघले आक्रमण गरेको हो । बाघले आक्रमण गरेपछि उनीहरु भाग्ने क्रममा खाल्टोमा हाम फाल्दा आफ्नो ज्यान सुरक्षित भएको घाइतेहरुले बताएका छन । बाघको आक्रमणबाट दुबै जनाको पाखुरा, छाती र हातमा गहिरो घाउ लागेको घाइतेको भनाई रहेको छ । घाइतेहरुलाई राति नै चन्द्रपुर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागी रिफर गरिएको थियो ।