कटहरीयामा मालपोत सहित अन्य सेवा केन्द्र स्थापना गर्न कांग्रेसको माग, सुनुवाई नभए चरणबद्ध आन्दोलन


रौतहट । साउन १७ गते
रौतहटको कटहरीया नगरपालिकामा विभिन्न सेवा केन्द्र स्थापना गर्न माग गर्ने निर्णय गरिएको छ ।
कटहरीया नगरपालिकाको नेपाली कांग्रेसको नगर कार्य समितिले यस नगरपालिकामा बिभिन्न सेवा केन्द्र स्थापना गर्न माग गर्ने निर्णय गरेको छ ।

कटहरीया नगरपालिकाको नेपाली कांग्रेसका नगर कार्य समितिका सभापति एवं वडा नं ५ का अध्यक्ष सर्फलाल गुप्ताको अध्यक्षतामा आज बिहान बसेको बैठकले यस नगरपालिका भित्र ईलाका प्रशासन कार्यालय, मालपोत,नापी, भूमिसुधार र विद्युत कार्यालयको सेवा केन्द्र स्थापना गर्न माग गर्ने निर्णय गरेको छ ।
बैठकले कृषि विकास बैंकको पनि शाखा कार्यालय स्थापना गर्न माग गर्ने निर्णय गरेको हो ।
यी कार्यालयहरूको सेवा केन्द्र यहाँ नभएकोले कटहरीया नगर क्षेत्रका बासिन्दाहरु सेवा लिन टाढा गौर तथा गरुडा जान बाध्य रहेकोले अविलम्ब उक्त कार्यालयहरूको सेवा केन्द्र कटहरी यामा स्थापना गर्न माग गर्ने निर्णय गरेको कांग्रेस का नगर सभापति सरफ्लाल गुप्ताले बताएका छन् । उक्त सेवा केन्द्रहरुको मागगरी सुरुमा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई ज्ञापन पत्र बुझाउने र त्यसबाट पनि सुनुवाई नभए चरणबद्ध आन्दोलन गर्ने आजको बैठकले निर्णय गरेको कांग्रेसको कटहरीया नगर सभापति सर्फलाल गुप्ताले बताएका हुन ।