सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको संयोजकमा यादव मनोनित

रौतहट । साउन १७ गते
सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले रौतहट संयोजक चयन गरेको हो । केन्द्रले रौतहटको जिल्ला संयोजकमा रामकृपाल यादव लाइ मनोनयन गरेको हो । सामाजिक लोकतन्त्रका मूल आधारहरु स्वतन्त्र ,समानता,विभेद न्यूनिकरण र आर्थिक सामाजिक न्याय स्थापनार्थ लोकतान्त्रिक समाजवादको सम्वद्र्धन र प्रवद्र्धन गर्दै आम जन्ताको जीवनस्तर उल्लेख्य वृद्धि र समग्र विकासको चाहना पुरा गर्न सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको स्थापना २०७१ सालमा भएको हो । यसको उद्देश्य पुरागर्नका लागि प्रदेश तथा जिल्लामा संरचना विस्तार गर्ने हेतुले सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको विधान २०७१ को दफा १ क बमोजिम २०७७ साउन ९ गतेको केन्द्रको निर्णय अनुसार यादवलाइ संयोजकमा मनोनयन गरिएको पत्र मार्फत जानकारी गराइएको हो । केन्द्रका अध्यक्ष डा कमल रिजाल र महासचिव डा परमेश्वर पोखरेल द्धारा हस्ताक्षरित पत्र मार्फत यादवको सफल कार्यकालको लागि कामना समेत गरिएको छ । आफुले संस्थाको उद्देश्य प्राप्तिका लागि हरसंम्भव प्रयास गर्ने प्रतिक्रिया नव नियुक्त संयोजक राम कृपाल यादवले दिएका छन् । यादव नेपाल शिक्षक संघ रौतहटका अध्यक्ष र बरगजवा माविका प्रधानाध्यापक पनि हुन् ।