जीवनका केही यात्राहरू अविस्मरणीय हुन्छन्, जसले आफूलाई संगठन र जिम्मेवारीप्रति अझ समर्पित बनाउँछन्। प्रेस चौतारी नेपाल, रौतहट शाखाको दुई कार्यकालको नेतृत्व मेरो लागि यस्तै एउटा प्रेरणादायी यात्रा रह्यो।यस अवधिमा संगठनलाई सबल, क्रियाशील र पत्रकार हितमा समर्पित बनाउन हामीले धेरै चुनौतीहरू सामना गर्यौँ, उपलब्धिहरू हासिल गर्यौँ र पत्रकारहरूको हक, अधिकारका लागि सतत संघर्ष गर्यौँ । यस यात्रामा मेरो साथ दिनुहुने सम्पूर्ण साथीहरू, अग्रजहरू, शुभेच्छुकहरू, प्रेस चौतारीका पदाधिकारीहरू, रौतहट शाखाका समर्पित सदस्यहरू प्रति हृदयदेखि नै आभार व्यक्त गर्दछु ।हिजो यो जिम्मेवारी प्रिय मित्र अशोक पहाडीलाई हस्तान्तरण गर्दै गर्दा मनमा गौरव र खुसीको अनुभूति भएको छ। उहाँको कुशल नेतृत्वमा संगठनले अझै फड्को मार्नेछ, पत्रकारहरूको हक, अधिकार र हितका मुद्दामा अझ सशक्त रूपमा अघि बढ्नेछ भन्ने विश्वास लिएको छु।यस ऐतिहासिक हस्तान्तरण कार्यक्रममा जिल्ला इन्चार्ज रमेश तिमल्सिना, मधेस प्रदेश इन्चार्ज कमल उपाध्याय, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा, नेपाल पत्रकार महासंघ केन्द्रीय शाखाको लेखा तथा सुपरिवेक्षण समिति संयोजक केसी लामिछाने, विशेष रूपमा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष आदरणीय गणेश बस्नेत, महासचिव हिरामान लामा, प्रेस चौतारी नेपाल रौतरका संस्थापक अध्यक्ष शैलेन्द्र गुप्ता प्रदेश सदस्य शैलेन्द्र झा तथा केन्द्रीय सदस्य संजय मिश्रा,नेकपा एमालेका रौतहट इन्चार्ज आदरणीय अजय गुप्ता, अध्यक्ष सजिदानन्द शाह, सचिव बाबुराम दाहाल, प्रदेश सदस्य बालविक्रम कार्की तथा प्रेस चौतारी नेपाल रौतहट शाखा कमिटीका सम्पूर्ण सदस्य लगायत सम्पूर्ण सहयोगी मनहरूलाई विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु।विशेष रूपमा कार्यक्रमको संयोजनको जिम्मा लिएका प्रिय भाई मुकेश कुमार शाहले प्राप्त गरी चपुरमा कार्यक्रम आयोजना गरी उत्कृष्ट संयोजन गरेकोमा हार्दिक धन्यवाद ! त्यस्तै हिजोको कार्यक्रममा निमन्त्रणा स्वीकार गरी पाल्नुहुने सम्पूर्ण पार्टी पंक्तिका व्यक्तित्वहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। नेकपा (एमाले) को भातृ संगठनको रूपमा रहेको प्रेस चौतारीले पार्टी सिद्धान्त अनुरूप पत्रकार हित र सामाजिक न्यायका सवालमा निरन्तर अग्रसर रहँदै आएको छ । तपाईंहरूको उपस्थिति, समर्थन र प्रेरणाले संगठनलाई थप उर्जा प्रदान गरेको छ।पत्रकारिता समाजको ऐना हो, सत्यको पक्षधर हो, न्यायको संवाहक हो । यो मिशनलाई अझै सशक्त बनाउन नयाँ नेतृत्वलाई हार्दिक शुभकामना !संगठन बलियो बनोस्, पत्रकारिता सशक्त बनोस् ! जय चौतारी ।
Home Uncategorized प्रेस चौतारी नेपाल रौतहटको आठौं जिल्ला अदिवेशनबाट निर्वाचित नयाँ नेतित्व लाई विषेश...