कैदी–बन्दिको लागि कपडा बापत रकम वितरण

आर्दशवाणी संवाददाता । पर्सा, ९ मंसिर । बीरगंज कारागारले कैदी–बन्दिको लागि कपडा बापत सरकारले उपलब्ध गराउदै आएको सुबिधा सोमवार एक समारोहका विच नगदमै वितरण गरेको छ । कारागारमा रहेका १ हजार ३ सय ५५ जना कैदी बन्दीलाई २० लाख ३४ हजार रुपैया नगदमै बितरण गरिएको वीरगंज कारागारले जनाएको छ । वीरगंज कारागारका नाईके शेख भेलाका अनुसार पुरुष कैदी बन्दीलाई प्रति व्यक्ति १४ सय ३ रुपैयाको दरले १२ सय ४८ कैदी बन्दीलाई १७ लाख ५० हजार ९ सय ४४ रुपैया वितरण गरिएको छ भने , १ सय १ जा महिला कैदी बन्दीलाई प्रति व्यक्ति १२ सय ९६ को दरले १ लाख ३० हजार ८ सय ९६ रुपैया वितरण गरिएको छ । त्यसैगरी कारागारमा आश्रित ६ जना बालबालिकालाई ९ हजार २ सय ८० रुपैया प्रदान गरिएको छ भने विभिन्न अपराधमा संलग्न भई हाल बाल सुधार गृहमा आश्रित ९७ जना बालबालिकालाई प्रति व्यक्ति १४ सय ७३ का दरले १ लाख ४२ हजार ८ सय ८१ रुपैया प्रदान गरिएको वीरगंज कारागारले जनाएको छ ।