रौतहट । भदौ २९ गते
रौतहटमा कोरोना संक्रमितको संख्या १७ सय ६० पुगेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले आज (सोमबार) कोरोना भाइरस सम्वन्धि दैनिक प्रतिवेदनमा संक्रमितको संख्या १७ सय ६० पुगेको उल्लेख गरेको छ । आज सोमबारको दिन थप संक्रमितको संख्या शुन्य रहेको जनाएको छ । जिल्लामा १३ हजार ३ सय ७ जना क्वारेन्टिनबाट फिर्ता भएको जनाएको छ । जिल्लामा ४ सय १९ आईसोलेशन बेड रहेकोमा ४४ महिला र १४९ पुरुष गरी १ सय ९३ जना आईसोलेशनमा बसेका छन् । आईसोलेशनबाट १५ सय ६२ जना फिर्ता भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । २१ हजार ५ सय १९ जनाको स्वाब संकलन गरीएकोमा १८ हजार ७ सय ७ जनाको रिपोट नेगेटिभ र १७ सय ६० जनाको पोजेटिभ रहेको तथा अझै १ हजार ५२ जनाको रिपोर्ट आँउन बाँकी रहेको जनाएको छ । जिल्लामा आज ५२ जनाको स्वाब पठाईएकोमा रिपोट आउन बाकी रहेको छ भने पोजेटिभ रिपोट आउनेकोे संख्या आज शुन्य रहेको छ । कोरोना संक्रमणका कारण जिल्लामा मृत्यु हुनेको संख्या भने ५ पुगेको रौतहट जिल्ला प्रशासनले जानकारी दिएको छ ।