स्थानिय भन्छन् राहत वितरण गरिएन, वडाध्यक्ष भन्छ भिडभाड नगरी राहत वितरण गरे


रौतहट । भदौ २९ गत
कोरोना महामारीका बीच प्रदेश २ सरकारले पठाएको राहत अझै वितरण नभएको भन्दै रौतहटको कटहरिया नगरपालिका ७ बगहीका स्थानीयहरुले विरोध जनाएका छन ।
कोरोनाबाट प्रभावित भएका अति गरिव घर परिवारहरुलाई राहत वितरण गर्न प्रदेश २ सरकारले प्रत्येक वडाहरुमा चामल, दाल, तरकारी लगाएतका खाद्यान्न सामग्रि पठाएको थियो तर कटहरिया नगरपालिका ७ बगहीका वडा अध्यक्ष हरिभजन साहले प्रदेश सरकारको उक्त राहत अझै वितरण नगरी घरमै थन्काएर राखेको भन्दै स्थानीय बासिन्दाहरुले कडा विरोध गरेका छन ।
वडा अध्यक्ष साहले केहि मात्रामा राहत बाँडे पनि हेरी हेरी आफनै नजिकका व्यक्तिहरुलाई राती राती मात्रै राहत बाँडेको समेत स्थानीयहरुको आरोप छ ।
नेपाल कम्युनिष्ट पार्टिका स्थानीय नेता राजबंशी साहले प्रदेश सरकारबाट प्राप्त भएको राहत वडा अध्यक्ष हरि भजन साहले वितरण नगरी घरमै थन्काएर राखेको आरोप लगाएका छन ।
घरमै राहत थन्काएर राखेका कारण उक्त राहत कुहिने अवस्थामा समेत पुगेको भन्दै नेता साहले तत्काल राहत वितरण गर्न माग गरेका छन ।
स्थानीयहरुले वडा अध्यक्ष साहले राहत वितरण नगरेको आरोप लगाए पनि वडा अध्यक्ष हरिभजन साहले स्थानीयहरुले आफुमाथी लगाएको आरोप निराधार रहेको बताएका छन ।
आफुले कोरोना महामारीका कारण जारी निषेधाज्ञाका कारण भिडभाड नगरी विस्तारै विस्तारै राहत वितरण गरिरहेको वडा अध्यक्ष साहले दावी गरेका छन ।
एक साँझ छाक टार्न समेत मुस्किल हुने अति गरिव परिवारहरुलाई उक्त राहत बाँडिरहेको वडा अध्यक्ष साहले बताए ।
आफुले सम्मान वरावर कुनै काखा पाखा नगरी गरिव जुन सुकै पार्टीको व्यक्ति भए पनि उनिहरुलाई राहत उपलब्ध गराइरहेको उनको भनाई छ ।