औपचारिक कार्यक्रमको बिच हिन्दु परिषदको वडा कमिटी गठन

रौतहट । भदौ २९ गते
रौतहट जिल्लाको राजदेवी नगरपालिकामा आज हिन्दु परिषद नेपाल वडा कमिटी गठन गरिएको छ । सो नगरपालिकाको वडा नः ७ मुडवलवामा एक औपचारिक कार्यक्रमको बिच परिषद वडा कमिटी गठन गरिएको छ । वडा कमिटीको अध्यक्ष अमोध कुमार यादव लगायत ११ सदस्यीय रहने गरि गठन गरिएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथिमा हिन्दु परिषद नेपाल का रौतहट जिल्ला अध्यक्ष ओमप्रकाश साह मधेशीया, जिल्ला प्रवक्ता अभिमन्यु पटेल, राजदेवी नगर कमिटी अध्यक्ष उदेश उपाध्याय बुद्धिजीवी धमेन्द्र यादव, कृष्णनदन प्रसाद यादव, मुन्ना यादव, राकेश यादवको सहभागीतामा हिन्दु परिषद नेपालको वडा कमिटी गठन गरिएको जानकारी गराइएको हो ।