गाउँपालिका प्रमुखको गाडीमा तोडफोड

आर्दशवाणी संवाददाता । बारा, ५ मंसिर । प्रसौनी गाउँपालिकाका उपमेयर गीता साहलाई घर पु¥याएर फिर्ता आउने क्रममा गाउँपालिका प्रमुख भोलाप्रसाद साह चढ्ने सरकरी गाडीमा स्थानीय यूवाहरुले तोडफोड गरेका छन् । गाउँपालिका उपमेयर गीतालाई उनको घरमा पु¥याएर आउदै ना १ झ १६३१ नम्बरको स्किारपियो गाडीमा सोही गाउँपालिका–६ बेलहियाटोल स्थानीय चार जना यूवाहरुको समूहले बिहिवार साँझ साढे छ बजे पत्थ्थरबाजी गर्दा गाडीको पछाडीको शिशा फुटेको गाउँपालिका प्रमुख भोलाप्रसाद साहले बताउनु भयो । पत्थ्थरबाजी गर्नेमा दिकेश साह पक्राउ परेका तथा अन्य तीन जना फरार रहेका बारा प्रहरीले जनाएको छ । फरार हुनेमा श्यामसुन्दर साह र सन्देश साह रहेका छन् भने एक जनाको नाम खुल्न नसकेको हो । पक्राउ परेका दिकेशलाई जिल्ला प्रहरी कार्यालय बारा कलैयाको नियनत्रणमा राखेर अनुसन्धान सुरु गरिएको बाराका प्रहरी प्रवक्ता रंजित सिंह राठौरले बताउनु भयो । केही दिनअधि सोही ठाउँका नाबालकलाई दुर्वव्यवहार गर्दा कारवाहीका लागि प्रहरी नियन्त्रणमा रहेका दिकेशलाई सोही ठाउँका वडा नम्बर–५ का वडाध्यक्ष सनईत साहले जिम्मा लिएर गएका थिए । यसैगरी महिला दुर्वव्यवहारमा मुद्दामा श्यामसुन्दर साह जिल्ला प्रहरी कार्यालय कलैयाको तारेखमा रहेका छन् ।