गढीमाई मेलामा परेवा संरक्षण गरिने, पक्राउ गर्नेलाई पाँच हजार दण्ड

आर्दशवाणी संवाददाता । बारा, ६ मंसिर । यसबर्ष लाग्ने पंच बर्षिय गढीमाई मेलामा परेवा संरक्षण गरिने भएको छ । मंसिर १ गतेदेखी लागेको पंचबर्षिय गढीमाई मेलामा परेवा संरक्षण अभियानलाई समिति तथा पशु कल्याण समितिले तिब्रता दिइएको छ । महागढीमाई नगरपालिकाको सहयोगमा हुने परेवा संरक्षण अभियानमा कसैले परेवा पक्राउ गरेमा ठुलो दण्डनिय अपराधको भागीदारी हुने नगरप्रमुख उपेन्द्र यादवले बताउनु भएको छ । परेवा संरक्षण अभियानको क्रममा शुक्रवार नगरप्रमुख यादवले सम्बोधनगर्दै परेवा पक्राउ गर्नेलाई ५ हजार दण्ड गरिने बताउनु भएको हो । गढीमाताको चिन्हो परेवालाई अन्य बर्ष भने, जो कोहीले पक्राउ गरेर लैजाने वा खाने गरेका थिए । परेवा समात्ने वा पक्राउगरी खाने जो कोहीलाई पनि समितिको निर्णय बमोजिम दण्ड जरिवाना गरिने उहाँले बताउनुभयो । यसैगरी गढीमाताको चिन्हो परेवालाई गरिएको संरक्षण अभियान सराहनिय भएको प्रायः सबै व्यक्ताहरुले बताएका छन् । यो बर्ष सुरु गरिएको परेवा संरक्षण अभियान सदैको लागि निरन्तरता गर्न नगरप्रमुख यादव तथा गढीमाई सञ्चाल विकास समितीलाई व्यक्ताहरुले अनुरोध गरेको छ । नगरप्रमुख यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी फनिन्द्रमणी पोख्रेल, प्रहरी उपरीक्षक विकासराज खनाल, सशस्त्र प्रहरी उपरिक्षक प्रकाश थापा, बिश्रामपुर गाउँपालिका अध्यक्ष अमिरिलाल पाल, पूर्वराज्य मन्त्री कलावती पासवान, पशु कल्याण संघ नेपालका अध्यक्ष स्नेहा श्रेष्ठ, एचएसआईको तनुजा बस्नेत, नेपाल वार एशोसिएसनका उपाध्यक्ष अरुणकुमार दुबे, महिला अधिकारकर्मी बबिता जैसवाल, शिला जैसवाल लगायतकाले आ आफना बिचार राख्नु भएको थियो ।