मालपोत प्रमख मण्डल पाँच लाख सहित पक्राउ

आर्दशवाणी संवादादाता । सिराहा, ६ मंसिर । जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख रामबाबु मण्डल ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सेवाग्राहीबाट घुस लिँदालिँदै शुक्रबार विहान उनी कार्यालयबाटै पक्राउ गरेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मण्डललाई घुससहित पक्राउ गरेको कार्यालय प्रमुख सह–सचिव नारायणप्रसाद सापकोटाले बताउनु भयो । सुकुम्बासीको नाममा आएको जग्गाको विषयमा उच्च अदालत, विराटनगरले प्रमाण माग गरेपछि पीडित मालपोत कार्यालयमा पुगेका थिए । त्यससम्बन्धी कागज माग्ने क्रममा मण्डलले कागज दिन आनाकानी गरेर रकम माग गरेको अख्तियारमा उजुरी परेको थियो ।