Facebook Instagram Twitter Youtube
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विचार
  • थप शिर्षक
    • व्यापार
    • अन्तरवार्ता
    • विश्लेषण
    • कला
    • सौन्दर्य
    • साहित्य
    • विज्ञान प्रविधि
    • अनौठो संसार
Search
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.
Aadarsh Vani
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विचार
  • थप शिर्षक
    • व्यापार
    • अन्तरवार्ता
    • विश्लेषण
    • कला
    • सौन्दर्य
    • साहित्य
    • विज्ञान प्रविधि
    • अनौठो संसार
Home शिक्षा नेशनल मेडिकल कलेजको पठनपाठन ठप्प

नेशनल मेडिकल कलेजको पठनपाठन ठप्प

आर्दशवाणी संवादादाता । पर्सा, ६ मंसिर । चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीले शुल्क फिर्ता माग्दै सुरु गरेको आन्दोलनका कारण बीरगंजको नेशनल मेडिकल कलेजको पठनपाठन ठप्प भएको छ । सरकारले तोकेकोभन्दा कलेजले बढी शुल्क लिएको भन्दै फिर्ता गर्न विधार्थीहरुले माँग सहित करिब १ महिना देखि आन्दोलनमा रहेका छन् । बीरगंजको नेशनल मेडिकल सँगै चितावनको चितवन मेडिकल,कास्किीको गण्डकी र रुपन्देहीको युनिभर्सल मेडिकल कलेजको समेत पठनपाठन ठप्प भएको छ । बीरगंजको नेसनल मेडिकल कलेजमा झन्डै एक महिनादेखि आन्दोलित विद्यार्थीलाई बिहीबार कलेज प्रशासनले ज्यान मार्ने धम्की दिएको छ । कलेज अगाडि विद्यार्थीहरूले ‘अतिरिक्त शुल्क फिर्ता गर, मेडिकल माफिया मुर्दाबाद, विद्यार्थीलाई मानसिक तनाव दिन पाइँदैन’, ‘कलेज प्रशासनको विद्यार्थीसँगको सम्बन्ध सुमधुर हुनुपर्छ’ नारासहित प्लेकार्ड बोकी हिजो धर्नामा बसेका थिए । धर्नामा बसेकालाई धम्क्याइएको र राति अबेरसम्म छात्रावास प्रवेश गर्न नदिइएको विद्यार्थीले बताएका छन । चिकित्सा शिक्षा संघर्ष समितिका विद्यार्थी पनि उक्त कलेजका विद्यार्थीलाई सघाउन वीरगन्ज आएका थिए । कुटपिट र दमनको विरोधमा देशभरका मेडिकल कलेजका विद्यार्थीले काठमाडौंमा तीन दिनसम्म प्रदर्शन गरेका थिए । नेसनल कलेजमा सिनियर ब्याचका विद्यार्थी र बाहिरका युवासमेत ल्याएर कलेज प्रशासनले आन्दोलन दबाउन दमन गर्ने गरेको विद्यार्थीको भनाइ छ । सरकारले मेडिकल कलेजहरूलाई अतिरिक्त शुल्क फिर्ता गर्न दिएको पछिल्लो अल्टिमेटम सकिन ४ दिन मात्र बाँकी छ । शिक्षा मन्त्रालयले १५ दिनभित्र शुल्क फिर्ता गर्न कलेजहरूलाई सार्वजनिक सूचनाजारी गरेर अपिल गरेको हो । १५ दिनभित्र शुल्क फिर्ता नगरे मन्त्रिपरिषद्को निर्णयअनुसार कलेज सञ्चालकहरूलाई स्थानीय प्रशासनमार्फत कारबाही प्रक्रिया अघि बढाउने भनिएको छ । विद्यार्थी र अभिभावकलाई उजुरी दिन आग्रह गर्दै कारबाहीका लागि शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरिसकेको छ । यही मंसिर १ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बीरगंजको नेशनल मेडिकल कलेजसहित तीन वटा मेडिकल कलेजमा छापा मारको थियो । सरकारले पनि अतिरिक्त शुल्क फिर्ता वा मिलान गर्न पटक पटक निर्देशन दिएको तर मेडिकल कलेजहरुले उल्टै सरकारलाई तालाचाबी बुझाउने धम्की दिएपछि सरकारले ठगीमा मुद्दा चलाउने तयारी समेत गरेको छ ।

आदर्श वाणी संवाददाता
-
November 22, 2019
890
Facebook
Twitter
Email
Print
    अघिल्लो सामग्रीमालपोत प्रमख मण्डल पाँच लाख सहित पक्राउ
    यसपछिको सामग्रीबमकाण्डका जाहेरीकर्ता, प्रत्यक्षदर्शी, साक्षीपीडितका प्रहरीले सुरक्षा दिने
    आदर्श वाणी संवाददाता

    थप शिर्षक समाचारहरुलेखकका अन्य समाचारहरु

    नेशनल प्याब्सनको आठौँ महाधिवेशन वीरगञ्जमा, तीन पूर्व अध्यक्षको अपिल

    छोटी भन्सार सञ्चालनको माग गर्दै आमरण अनसन

    प्रेस चौतारी नेपाल रौतहटको आठौं जिल्ला अदिवेशनबाट निर्वाचित नयाँ नेतित्व लाई विषेश धन्यवाद व्यक्त गर्दछु।

    छुटाउनु भयो कि?

    पाँच किलो गाँजा सहित हथियाही बाट राजपुर नपाका एक जना पक्राउ

    पहिलो मकवानपुर जर्नालिजम अवार्ड प्रदान, यी पत्रकारले जिते अवार्ड

    सामूहिक बलात्कारको उजुरी दिने युवती नै पक्राउ

    हेटौंडा औद्योगिक क्षेत्रमा अवैधानिक भारतीय लगानीकोे उद्योग

    आफनै लगानीमा मेयर यादवले गराए बागमती नदीमा नयाँसडक विस्तार

    ताजा अपडेट

    चन्द्रनिगापुर मालपोतमा कार्यालय प्रमुखले बिना घुसको कुनेै फाईल नहेर्ने गरेको स्थानीयको आरोप

    आदर्श वाणी संवाददाता

    राजालाई चिहानबाट फर्काउन असम्भव

    आदर्श वाणी संवाददाता

    नेशनल प्याब्सनको आठौँ महाधिवेशन वीरगञ्जमा, तीन पूर्व अध्यक्षको अपिल

    आदर्श वाणी संवाददाता

    छोटी भन्सार सञ्चालनको माग गर्दै आमरण अनसन

    आदर्श वाणी संवाददाता

    प्रेस चौतारी नेपाल रौतहटको आठौं जिल्ला अदिवेशनबाट निर्वाचित नयाँ नेतित्व लाई विषेश धन्यवाद व्यक्त...

    आदर्श वाणी संवाददाता

    सिल्पी मिडिया प्रा.लि.

    द्धारा संचालित आदर्श वाणी अनलाईन न्युज र्पोटल
    मुख्य कार्यालय: गौर, रौतहट
    www.aadarshvani.com
    Email: aadarshvani@gmail.com

    हाम्रो समुह

    अध्यक्ष: उत्तम कुमार उपाध्याय, ९८४५०३७१७२
    प्रबन्ध निर्देशक : अगम कुमार उपाध्याय, ९८१११७२८००
    सम्पादक: रमेश प्रसाद जयशबाल, ९८५५०४४७१४
    मार्केटिङ म्यानेजरः

    दर्ता

    कम्पनी रजिष्टार दर्ता नं: २२१६४६/०७६/०७७
    स्थायी लेखा नम्बर (पान): ६०९६००१०६
    प्रेस काउन्सिल नेपाल : २५२/०७६/०७७
    सुचना तथा प्रसारण विभाग : १५५७/०७६-७७
    © संचालन तथा प्रायोजनको हक सर्बाधिकार © २०७५ मा सुरक्षित रहनेछ ।