मेयरले आफुुलाई बाइपास गरी एकलौटी रुपमा नगरसभा गरेको उपमेयर सिंहको आरोप।

रौतहट, माघ १८ गते ।
रौतहटको राजदेवी नगरपालिकामा शनिवार सम्पन्न भएको नगरसभाको विषयलाई लिएर विवाद चुुलिएको छ ।
आफुुसँग कुुनै छलफल नै नगरी मेयर धिरेन्द्र सिंहले एकलौटी रुपमा नगरसभा सञ्चालन गरेको भन्दै उपमेयर अंंंशुु सिंहले पत्रकार सम्मेलन गरेर विरोध गरेकी छिन ।
राजदेवी नगरपालिकाकी उपमेयर अंंशुु सिंहले भ्रष्टाचार गर्ने मनस्थितीले मेयर धिरेन्द्र सिंहले एकलौटी रुपमा बन्द कोठा भित्र नगरसभा गरेको पत्रकार सम्मेलनमा आरोप लगाएकी छिन ।
मेयर सिंहले आफुुलाई बाइपास गरी एकलौटी रुपमा बन्द कोठा भित्र नगरसभा गरेको उपमेयर सिंहले बताएकी छिन ।
शनिवार मात्र राजदेवी नगरपालिकाको पाँचौ नगरसभा नगरपालिकाको कार्यालय भित्र बन्द कोठामा सम्पन्न भएको थियो ।
नगरसभा पश्चात निकै आक्रोसित रुपमा पत्रकारहरु सँग कुराकानी गर्दै उपमेयर सिंहले भ्रष्टाचार गर्ने नियतले मेयर सिंहले बन्द कोठा भित्र नगरसभा गरेको आरोप लगाएकी हुन ।
खुुल्ला ठाउँमा पारदर्शी ढंगले नगरसभा गर्न आफुुले पटक पटक आग्रह गर्दा पनि आफनो कुरालाई अटेरी गर्दै मेयर सिंहले बन्दकोठा भित्र नगरसभा गरेको उनले बताइन ।
नगरसभा गर्नु भन्दा एक दुुई दिन अघि मेयर सिंहले नगरसभा गर्नको लागि आफुुलाई कुुनै जानकारी नै नदिई एकलौटी रुपमा कार्यपालिका सदस्यहरुलाई मात्र बोलाएर बैठक गरेको र आफुुखुुसी निती तथा कार्यक्रममाथी छलफल गरी घर घरमा पुुगेर हस्ताक्षर गराएको उनले बताईन ।
गत आर्थिक वर्षको बजेट र कार्यक्रममा कुुनै छलफल नभएको र नगर प्रमुुखले यस वर्षको निती तथा कार्यक्रमको बारेमा समेत आफुुसँग कुुनै छलफल नगरी एकलौटी रुपमा आफना खुुसी योजना ल्याएर नगरसभाबाट बलजबरजस्ती पास गरेको उपमेयर सिंहको भनाई छ ।
नगरसभामा गएर आफुुले आफना कुुरा राख्न चाहेको भएपनि मेयरले आफुुलाई प्रवेस समेत गर्न नदिएको उपमेयरले दुखेसो गरेकी हुन ।
आफुुलाई बाइपास गरी स्थानीय सरकार सञ्चालन गर्न बनेको एन, निती तथा कानुुन विपरीत मेयर सिंहले आफुखुसी योजना ल्याइ नगरसभाबाट पारित गरेको भन्दै उपमेयर सिंहले आपत्ति जनाएकी हुन ।
नगर प्रमुखले आफुुलाई थाहै नदिई एकलौटी रुपमा योजना तर्जुुमा गरी बाँडफाँड गरेको उनले बताईन ।
आम जनताको भावना विपरीत बहुुमतको आडमा मेयरले अगामी नीती तथा कार्यक्रम ल्याएको उनले बताईन ।
मेयरले एकलौटी ढंगबाट गरेको नगरसभा आफुुलाई कुुनै पनि हालतमा मान्य नभएको उनले बताईन ।
मेयरले आफुुखुुसी योजना ल्याई गरेको नगरसभा बदर हुुनुुपर्ने र अबदेखी फेरी नगरसभा गर्नुुपर्ने उपमेयर सिंहले माग गरेकी छिन ।
अगामि निती तथा कार्यक्रमको बारेमा छलफलको लागि मेयरले आफुुलाई नबोलाएको उपमेयर सिंहले आरोप लगाएपनि मेयर सिंहले निती तथा कार्यक्रम बारे छलफल गर्न कार्यपालिका बैठकमा उपमेयरलाई बोलाउँदा नआएको मेयर धिरेन्द्र सिंहले बताउनुुभएको छ ।
आफुुले सबै कार्यपालिका सदस्यहरुको सहमतिमा नै निती तथा योजना ल्याई नगरसभा गरेको मेयर सिंहले बताउनुुभयो ।
उपमेयरलाई आफुुले बाइपास नगरेको भएपनि उनले आफुुमाथी लगाएको सम्पुुर्ण आरोप गलत एवं निराधार रहेको उहाँले बताउनुुभयो ।