वेस्ट इण्डिजमाथिको शानदार जितसँगै भारतीय कप्तान विराट कोहली टेस्ट क्रिकेटका सबैभन्दा सफल भारतीय कप्तान बनेका छन्।
उनको कप्तानीमा हालसम्म कुल ४८ टेस्ट खेलिसकेको भारतले २८ टेस्ट म्याच जितेको छ। वेस्ट इण्डिजविरूद्धको अन्तिम टेस्ट जितेसँगै उनले सर्वाधिक टेस्ट जित्ने मामिलामा आफ्ना पूर्व कप्तान महेन्द्र सिंह धोनीसहितका पूर्वकप्तानलाई पछि पारेका हुन्।
धोनीको कप्तानीमा भारतले २७ पटक टेस्ट जितेको छ।
यस्तै धोनी अघि यो उपलब्धी सौरभ गाँगुलीको नाममा थियो। उनको नेतृत्वमा ४९ टेस्ट खेलेको भारतले २१ टेस्टमा जित हासिल गरेको छ।
भारतले विराटको कप्तानीमा ४८ टेस्ट सिरिज खेलिसकेको छ।
वेस्ट इण्डिज भ्रमणमा रहेको भारतले टेस्ट अघि खेलिएका वान डे सिरिज र टि(२० सिरिजमा पनि घरेलु टोलीमाथि क्लिन स्वीप गरेको थियो।
भारतको वेस्ट इण्डिज विरूद्ध टेस्ट सिरिजमा लगातार आठौं जित हो। दोश्रो टेस्टमा जितेसँगै भारतले आईसिसी वर्ल्ड टेस्ट च्यामपियनसिपमा ६० अंक जोडेको छ।
१२० अंक जोडिसकेको भारत यस च्याम्पियनसिपको पहिलो नम्बरमा पुगेको छ। यसअघि श्रीलंका र न्युजिल्याण्ड संयूक्तरूपमा पहिलो स्थानमा थिए।