सशस्त्र प्रहरी बाराले हजारौं मुल्य बराबर केराउ नियन्त्रण


बारा । भदौ २६
बारामा सशस्त्र प्रहरीले ठुलो मात्रामा केराउ नियन्त्रण लिएको छ। बिरगंजबाट ना ४ ख ७८८२ नम्बर को ट्रकमा लोड गरि बाराको सिम्रैनगढ तर्फ गईरहेको विशेष सुचना को अधारमा सशस्त्र बेस क्याम्प बरियारपुरबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश पाण्डेको कमान्डमा खटिएको टोलीले एक सय पचास क्विन्टल केराउ नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी निरीक्षक प्रकाश पाण्डेको टोलीले हुलाकी राजमार्ग अन्तर्गत पसाह खोला चेक प्वाईन्ट बाट ५० केजीको ३०० बोरा केराउ नियन्त्रणमा लिएको सशस्त्र प्रहरी १२ नम्बर गणका प्रहरी नायब उपरीक्षक निरन्जन भण्डारीले बताएका छन।पक्राउ परेका चालक सहित केराउ र ट्रक थप अनुसन्धान का लागि राजस्व कार्यालय पथैलयामा पठाइएको १२ नम्बर को गण पति सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजितले जानकारी दिनु भएको छ ।