रौतहटमा आईसोलेशनबाट १५ सय ५९ जना फिर्ता


रौतहट । भदौ २६ गते
रौतहटमा कोरोना संक्रमितको संख्या १७ सय ३३ पुगेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले आज (शुक्रबार) कोरोना भाइरस सम्वन्धि दैनिक प्रतिवेदनमा संक्रमितको संख्या १७ सय ३३ पुगेको उल्लेख गरेको छ । आज शुक्रबार थप ५ जनामा संक्रमण पुष्टि भएको हो । जिल्लामा १३ हजार ३ सय ७ जना क्वारेन्टिनबाट फिर्ता भएको जनाएको छ । जिल्लामा ३ सय ९९ आईसोलेशन बेड रहेकोमा ४२ महिला र १२७ पुरुष गरी १ सय ६९ जना आईसोलेशनमा बसेका छन् । आईसोलेशनबाट १५ सय ५९ जना फिर्ता भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । २१ हजार १ सय ५९ जनाको स्वाब संकलन गरीएकोमा १८ हजार ५ सय ४७ जनाको रिपोट नेगेटिभ र १७ सय ३३ जनाको पोजेटिभ रहेको तथा अझै ८ सय ७९ जनाको रिपोर्ट आँउन बाँकी रहेको जनाएको छ । कोरोना संक्रमणका कारण जिल्लामा मृत्यु हुनेको संख्या भने ५ पुगेको रौतहट जिल्ला प्रशासनले जानकारी दिएको छ ।