कोरोना पोजेटिभको सम्पर्कमा रहेकोबाट स्वाव संकलन

बारा, २९ साउन । बाराको महागढीमाई नगरपालिकामा एक जनामा देखिएको कोरोना पोजेटिभ रहेका ब्यक्तिको सम्पर्कमा आएकाहरुको पीसीआर टेष्ट गर्न स्वाव संकलन गरिएको छ । पालिकाको वडा नम्बर ३ र १० गंजभवानीपुरमा कोरोना पोजेटिभ भेटिएका ब्यक्तिको सम्पर्कमा आएका करिब ९७ जनाको स्वाव संकलन गरिएको वडा नम्बर ३ का वडा अध्यक्ष उपेन्द्र प्रसाद जैसवालले बताए । कोरोना पोजेटिभ रहेका ब्यक्तिको सम्पर्कमा आएका उनका परिवार बाहेक बैंक बित्तिय संस्था, प्रहरी तथा पाँच जना स्वास्थ्यकर्मी र सर्वसधारणगरी ९७ जनाको स्वास संकलनगरी काठमाण्डौ टेकु प्रयोगशालामा पठाइएको छ । मृत्यु पछि वडामा सन्त्रास यस्तै दिर्घ रोगबाट ग्रस्ति रहेका महागढीमाई नगरपालिका वडा नम्बर ४ दहियार टोलका ७५ वर्षीय जगदिश साह कलवारको उपचारको क्रममा काठमाण्डौमा निधन भएको छ । उहाँको निधन पछि गरिएको स्वास परिक्षण रिर्पोट पोजेटिभ देखिएपछि दहियारटोलमा बिहिबार बिहानदेखी स्वास्यकर्मीसहितको टोली कन्ट्रयाक्ट टे«सिन्ङ्गगर्न आई पुगेको वडा नम्बर ४ का वडाअध्यक्ष मुरारी प्रसाद यादवले बताए ।