राहत नबाँडी रकम निकासा गरेको भन्दै नपाको कार्यालय घेराउ

रौतहट । आषाढ ३१ गते
रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाको वडा न ७ फतुवामा वडा अध्यक्षको मिलोमतोमा राहत न बाँडी राहतको नाममा लाखौं रुपैया अनियमितता गरेको वडा न ७ को युवा नेता मुकेश यादवको आरोप रहेको छ । वडा न ७ को लागि नगरपालिकाले ७० लाख बजेट बिनियोजन गरेको थियो । सो बजेट कुन शिर्षकमा कति खर्च भयो भनेर वडा अध्यक्षलाई बारम्बार भन्दा अहिले सम्म बजेट कुन शिर्षकमा खर्च भयो भनेर सार्वजनिक नगरेकोमा वडा ७ को जनताहरु दुखेसो पोखेको छ । ७० लाख बजेट कुन शिर्षकमा खर्च भयो भनेर फतुवा बिजयपुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधान समक्ष लिखित निवेदन दिदा समेत कुनै किसिमको सुनुवाई नभएको प्रती स्थानियहरुले आक्रोशित भई आज नगरपालिकाको कार्यालय घेराउ समेत गरेका थिए । वडा न ७ को वडा अध्यक्ष सुर्य नारायण खा थारु संग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन ।