रौतहट । आषाढ ३१
रौतहटमा सिल गरिएको दुइ पालिका आज बाट खला हुने भएको छ । जिल्ला सुरक्षा समितीको आज बसेको बैठक बाट सिल गरिएको इलाका खुल्ला गर्ने निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालय रौतहटले आज बुधवार एक सुचना जारी गरि जनाएको हो । जिल्लाको बौधिमाइ नगरपालिका र इशनाथ नगरपालिकामा कोरोना भाइरस कोविड १९ को संक्रमण समुदाय तहमा फैलिए पछि उतm पालिकाहरु सिल गरिएको थियो । जुन आज बाट खोलिएको सिडियो बासुदेव घिमिरे जानकारी गराउनु भयो । ति पालिकाहरुमा समुदाय हरु बाट अर्को समुदाय वा व्यतीमा संक्रमणको जोखिम न्यूनिकरण गर्नका लागि दुवै नगरपालिका का नागरिकहरु लाइ नगरपालिका बाट बाहिर जान वा बाहिरी स्थान बाट उतm नगरपालिकामा आउन नपाउने गरि बितेको आषाढ १४ गते बाट नै सिल गरिएको थियो ।