दहियारमा बह्मबाबाको पुजा

बारा, साउन २ गते । बाराको महागढीमाई नगरपालिका वडा नम्बर ४ दहियार टोलमा शुक्रबार बह्मबाबाको पुजा बिधिवत सम्पन्न भएको हो । करिब तीन दशकदेखि बह्मबाबाको पुजामा सरिक हुदै आएको जोखु साह सोनारले बताए । मध्य तराईको गाउँटोलमा रहेका बह्मबाबा तथा माईस्थानको जेठ, असार र साउन महिनामा पूर्वजहरुले मनाउदै आई रहेका छन् । बर्षौदेखि चल्दै आएको परम्परागत बह्मबाबाको पुजालाई निरन्तरता दिदै आएको दहियार गाविसका पूर्व अध्यक्ष राजेन्द्र प्रसाद जैसवालले बताए । बर्षको एक पटक गाउँबासीको सहयोगमा गरिने ब्रह्मबाबाको पुजाले घर, पालुवा जानवर, बालीनाली तथा हावापानी शुद्ध प्राप्त हुने जन विश्वास रहेका अध्यक्ष जैसवालले बताए । यता मध्य तराईमा धान रोप्ने बेला वा धान रोपाई सकेपछि गाउँटोलका रहेका सार्वजनिक स्थानमा रहेको माईस्थान तथा ब्रह्मबाबाको पुजा सामुहिक रुपमा गर्ने चलन आउदै गरेको स्थानीय कपिलदेव सा सोनारले जनाए ।