महागढीमाई पालिकामा राहत बितरण

बारा, साउन २ गते । बाराको महागढीमाई नगरपालिकामा दास्रो पटक राहत बितरण गरिएको छ । वडा नम्बर ३ का अध्यक्ष उपेन्द्र प्रसाद जैसवालले प्रदेश सरकारबाट आएको राहतका समान शुक्रबार यसरी बितरण गरिएको हो । टोलमा रहेका असहाय, एकल र गरिब परिवारलाई प्रति एक परिवार २५ किलो चामल, २ किलो दाल, एक लीटर खाने तेल, ५०० ग्राम सोयाविन र एउटा साबुन बितरण गरिएको उनले बताए । नगरपालिकाको ११ वडामा ६३ घर, परिवारको दरले जम्मा छ सय ९३ परिवारलाई यसरी राहतका समान बितरण गरिने वडाध्यक्ष जैसवालले भने । राहतको समान बितरण कार्यक्रममा वडा सदस्यहरु बिनोद साह कानु, तेजनारायण प्रसाद यादव, चनरमतिया चमैईन्, जैसा खातुन, सशस्त्र सुरक्षा बेस बरियारपुरका सशस्त्र प्रहरी निरीक्षक प्रकाश पाण्डे र प्रहरी चौकी गपुरका प्रहरी नायब निरीक्षक रामउद्या शर्मा लगायतको सहभागिता रहेको थियो ।