जनमत पार्टी रौहतटको विभिन्न समसामायिक निर्णय


रौतहट । साउन १८ गते
जनमत पार्टी जिल्ला समन्वय समिति रौतहटको बैठक शनिबार का दिन शिवनगर स्थित धर्मशालामा समपन्न भएको हो । जिल्ला कार्यबाहक अध्यक्ष बृज किशोर यादव को अध्यक्षतामा र केन्द्रीय सदस्य बिरेन्द्र साह, मधेश नेतृत्व पुञ्ज को केन्द्रीय संयोजक ललित मल्लिक शानू, बरिष्ठ नेतृत्व मण्डलको केन्द्रीय संयोजक अशोक सिंह र जिल्ला ईन्चार्ज विनय वर्मा को विषेश उपस्थितिमा विस्तारित बैठक सम्पन्न भएको जिल्ला सचिव विकास कुमार यादवले जानकारी गराउनु भएको हो । उक्त बैठकले तपसिल बमोजिमको निर्णय गरेको थियो ।

१। जिल्ला भित्र भईरहेको संगठन निर्माण र विस्तारको गतिविधिहरुको समिक्षा गर्यो र थप ससक्त का साथ एक महिना भित्रमा जिल्लामा रहेका हरेक स्थानीय तह र वडाहरुमा एकाइ कमटी गठन र विस्तार गर्ने निर्णय गर्यो साथै सदस्यता अभियानलाई थप तिव्रताका साथ अगाडी बढाउने निर्णय गरेको छ ।

२। मुस्लिम धर्मावलम्बीहरु को महान पर्व ईद९उल९अजह ९बकरिद०को अवसरमा मुस्लिम धर्मावलम्बीहरु र हिन्दू धर्मावलम्बीहरूको भाइ बहिनी बिचको प्रेम र अपनत्वको पर्व रक्षा बन्धन को शुभअवसरमा जनमत पार्टी रौतहटको तर्फ बाट हार्दिक शुभकामना व्यक्त गर्ने निर्णयका साथ जिल्ला बासि हरुमा दुबै पर्वको हार्दिक शुभकामना व्यक्त गरेको छ ।

३। पालिका हरु मार्फत वितरण भएको कोरोना राहत, बाढी राहत लगायत गैस चुल्हो सिलिन्डर सामग्री आदि वितरणमा वास्तविक पिडित र गरिव पिछडिएको नागरिकलाई उपेक्षित गर्दै आफ्नो आफन्तलाई मात्र वितरण गर्ने र पालिका हरुमा भइरहेको व्यापक अनियमितता प्रति जनमत पार्टी रौतहट गम्भीरताका साथ लिदै हरेक प्रकारको अनियमितता रोक्न भण्डाफोर कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।

४। जिल्ला रौतहट गरुडा नपा भिमडावर बासि जनमत पार्टीका नेता रामलाल यादव जी लाई जनमत पार्टी जिल्ला समन्वय समिति रौतहटको जिल्ला सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ।

५। मधेशमा चाड पर्वहरू को सिजन सुरु भईसकेको तर कोरोना माहामारीको संकट थप जटिल बन्दै गइरहेको र सबै तहको सरकार यस संकट प्रति असंवेदनशील रहको ठहर गर्दै सचेतनाका साथ आवश्यक सावधानी अपनाउन र विज्ञहरुले सुझाएको सुझावलाई पालन गर्न सम्पूर्ण जिल्ला बासि लाई आग्रह गर्ने निर्णयका साथ आग्रह गरेको छ ।