रौतहटमा करेन्ट लागेर फेरी एकको मृत्यु


रौतहट । साउन १८ गते
र्रौतहट जिल्लको राजदेवी नगरपालिकामा करेन्ट लागेर एक १७ बर्षिय युवकको मृत्यु भएको हो । आज आइतबार साझ राजदेवी नगरपालिकाका वडा नम्बर ८ लक्ष्मिपुर बेलबेछुवाका रामलक्षण राय यादवका अन्दाजी १७ बर्षिय छोरा दिलबन्दु यादवको मृत्यु भएको स्थानिय हनुमत कुमार यादवले सामाजिक संजाल मार्फत जानकारी गराएका हुन् । आफ्नै घरमा हैण्डपाइप मोटर जडान गर्ने क्रममा बिद्युतिय करेन्ट लागेर उनको मृत्यु भएको बताइएको हो । बिद्युतिय सामग्री जडान गर्ने क्रममा होसीयारी अपनाउन नसक्दा रौतहटमा करेन्टबाट मानवीय क्षति हुदै आएको हो । बिद्युतिय सामग्री जडान गर्दा होसीयारीपुर्वक गर्नु पर्नेमा बिद्युत प्राधिकरणले नागरिकलाई सुझाव दिनुपर्ने सुझाव जानकारहरुले दिएका छन् ।