मोटरसाइकल तथा ४ थान मोबाइल बारा प्रहरीद्धारा बरामद

रौतहट । भदौ १३ गते
बारा प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
कलैया उपमहानगरपालिका वडा नम्बर ३ बस्ने वर्ष १९ का सरफराज मियाँ र सोही स्थानका २२ वर्षका जफिर आलमलाई प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ स्थित बारा–रौतहट जिल्लाको सिमानाबाट पक्राउ गरेको हो।
गत साउन १२ गते कलैया ४ बाट पक्राउ परेका दुबै जनाले बा ७६ च १६९४ मोटरसाइकल चोरी गरेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।
पक्राउ परेका दुबै जनाको साथबाट चोरी गरिएको किराना मालसामान तथा मोबाइल ४ थान प्रहरीले बरामद गरेको छ। पक्राउ परेका दुबै जनामाथि चोरी मुद्दामा थप अनुसनधान भइरहेको मिश्रले बताए।