रौतहटमा निषेधाज्ञा भदौ २१ सम्म अन्य क्षेत्रको हकमा पुरानै निर्णय

रौतहट, भदौं १३ गते ।
रौतहटमा निषेधाज्ञा को समय थपिएको छ । भदौ २१ गते राति सम्मका लागी थप गरीएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । शनिवार बसेको जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन को निर्णयले निषेधाज्ञाको समय थप गरेको हो । बिहान ७ देखी १२ बजे सम्म खाध्यान्न पसलहरु खुल्ने र सोही समयमा बैक तथा बितिय सस्थाहरु खोल्न पाउने निर्णय भएको छ । अन्य क्षेत्रको हकमा पुरानै निर्णय भएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन । निषेधाज्ञा लब्बिएको खबरले आम नागरिकले बिरोध जताएको छ।दैनिक ज्यालादारी गर्नेलाई खान ल्याउन समस्या थपिएको छ, ब्यापार घाटामा छ, यस्ता बिषयमा स्थानीय सुरक्षा निकायको ध्यानाकर्षण हुनुपर्ने हो। उधोग बाणिज्य संघ रौतहटका कोषाध्यक्ष रामजी साह कानुले सुझायको हो।