प्रहरीको सक्रियता लाखौंको रकम सहित सिन्हा पक्राउ


रौतहट । साउन ०६ गते
श्रोत नखुलेको एघार लाख रकम सहित एक जना मानिसलाइ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, रौतहट मातहत प्रहरी चौकी मठियाबाट खटिएको प्रहरी टोलीले जिल्ला रौतहट ईशनाथ न.पा. वडा नं. ४ स्थित प्रहरी चौकी मठिया अगाडी सडकमा चेक प्वाईन्ट थापी चेकजाँच गर्ने क्रममा पक्रेको हो । नेपाल भारतको सिमाना नजिक दक्षिण तर्फबाट मठिया महुलिया तर्फ आउँदै गरेको साईकल यात्रीलाई रोकी चेकजाँच गर्दा उक्त साईकलको हैण्डिलमा झुण्ड्याएको पहेलो कालो हरियो रंगको नाईलनको झोला खोली हेर्दा सो झोला भित्र श्रोत नखुलेको नेपाली रु.१००० र ५०० दरको नोट जम्मा एघार लाख फेला परेको प्रहरीले जनाएको हो । साईकल चालक जिल्ला रौतहट ईशनाथ नगरपालिका वडा नं.४ बस्ने रामबालक सिन्हाको छोरा अन्दाजी वर्ष १९ को पवन कुमार सिन्हालाई नियन्त्रणमा लिई फेला पारेको रकम सहित जिल्ला प्रहरी कार्यालयमा दाखिला गरेको हुँदा सम्मानित जिल्ला अदालत रौतहटबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।