देश बाहिर तेस्रो पटक हुँदै आईपीएल


रौतहट । साउन ०६ गते

१३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने भएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण स्थगित भएको विश्वकै चर्चित क्रिकेट लिग यूएईमा हुने पक्का भएको हो ।

आईपीएलका अध्यक्ष वृजेश पटेलले आईपीएलको यो संस्करण यूएईमा हुने पक्का भएको बताएका छन् ।

“हामीले यूएईमा आइपीएल गर्नका लागि सरकारसँग मागेको प्रमिसन स्विकृत भएको छ । अब आइपीएल यूएईमा हुने पक्का भएको छ । अहिलेका लागि मिति भने तोकीएको छैन्,” पटेलले भने ।

आईपीएलका खेलहरु दुबइ, आबुधावी र शारजाहमा हुनेछन् । आईपीएलको नयाँ मिति भारतीय टोलीको खेल तालिकालाई मध्यनजर गर्दै तय गरिने बताइएको छ ।

देश बाहिर तेस्रो पटक हुन लागेको आईपीएल यसअघि सन् २००९ मा दक्षिण अफ्रिकामा भएको थियो भने सन् २०१४ मा यूएईमा भएको थियो । सभार बाह«खरी