बैंक तथा बितीय संस्था शनिबार पनि खुला रहने


रौतहट । जेष्ठ ३० बैँक तथा वित्तीय संस्थाहरु भोली शनिवार पनि खुल्ने भएको छ । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले ३२ जेठसम्म शनिबार तथा सार्वजनिक बिदामा समेत शाखा कार्यालयहरु खोल्न निर्देशन दिएको छ । कोभिड–१९ कारण सरकारको राजश्व उठ्न नसकेको र सर्वसाधारणलाई सहजताका लागि बैंकहरु खुला राख्न निर्देशन दिएको राष्ट्र बैंकले बताएको छ । बैंकमात्र नभइ क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउस समेत भोलि शनिबार खुला रहनेछन् । राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले राजश्व बुझ्ने प्रयोजनका लागि राजश्व बुझ्ने बैंकका शाखाहरु खुला राख्न निर्देशन दिएको जानकारी दिए । सरकारलाई तिर्नु पर्ने राजश्व तिर्न महिनाको अन्तिम दिन सार्वजनिक बिदा भए पनि राष्ट्र बैंकले निश्चित समय तोकेर बैंकहरुलाई खुला राख्न निर्देशन दिने गरेको थियो । सभार तराइ एक्सप्रेस