सशस्त्र प्रहरीको सक्रियता,बंकुल बाट लाखौंको सामान बरामद

आर्दश उपाध्याय ।रौतहट । अषाढ ०३

रौतहट स्थित बोर्डर आउट पोष्ट सरमुजवा बंकुलले भारत बाट अबैध रुपमा भित्रयाएको लाखौं मूल्य बराबरको विभिन्न सामान बरामद गरेको छ । पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक दिपनरसिंह राईको नेतृत्वमा गएको गस्ती टोलिले बिशेष सूचनाको आधारमा बंकुल प्रहरी चौकी छेउबाटै करिब २ लाख बराबरको हार्डवेयर सामग्री बरामद गरेको हो। त्यसैगरी निरीक्षक राईकै टोलिले हिजमात्रै करिब १ लाख बराबरको विभिन्न रेडिमेड कपडा बरामद गरेको थियोे । भारतिय बजार घोडासहन बाट केही तस्करले अबैध रुपमा भन्सार छनी उक्त सामान भित्रयाएको सूचनाको आधारमा बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक राईले बताएका छन । बरामद हार्डवेयर सामान र कपडा आवश्यक कार्यवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईने सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रबिनराज कर्णजितले बताएका छन । २ दिन अघिमात्र रौतहट र बाराका विभिन्न नाकाहरु बाट सुरक्षाकर्मिकै मिलोमतोमा तस्करी भैइरहेको समाचार प्रसारण ,प्रकाशन भएको थियो । त्यस पछि भएपछि सशस्त्र प्रहरी सक्रिय भएका हुन ।