ओली नेतृत्वको एमाले ब्यूँतदा देशैभर मनाइयो खुसियाली

काठमाडौं, फागुन २३ । सत्तारुढ दल नेकपा कानूनी रुपमा औपचारिक बिभाजन नहुँदै सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताइदिएपछि देशैभर खुसियाली मनाइएको छ ।

सर्वाेच्चले आज ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिँदै केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले नेतृत्व गर्नुभएको नेकपालाई खारेज गर्दै एकतापूर्वकै अवस्था कायम रहने फैसला गरेको थियो । अदालतको यो फैसलाको स्वागत गर्दै युवा, बिद्यार्थीदेखि आम नागरिकले आज देशैभर दिपावलीसहित खुसियाली मनाएका छन ।

युवा बिद्यार्थीहरुले अनेरास्वबियू अध्यक्ष ऐन महरको नेतृत्वमा काठमाडौंको माइतिघरमा दिपावलीसहित खुसियाली मनाएका हुन ।साभार जनता टाइम्स