रौतहट । भदौ १२ गते
बिहिवार २८ लाख ५० हजार सहित हुन्डी कारोबारी समातेको शस्त्र प्रहरी रौतहटका टोलिले २४ घन्टा नबित्दै शुक्रबार लाखौ रुपियाँ सहित अर्को हुन्डी कारोबारीलाई समातेको छ।
लकडाउन जारी भए संगै भारतबाट नेपालमा हुण्डी कारोबारीको बिगबिगी बढेको स्थानीयको गुनासो पछि पछिल्लो समय शस्त्र प्रहरी तातेको छ।
शस्त्र प्रहरी बल ११ नंबर गन बाट प्रहरी नायब उपरीक्षक नरेश भन्डारीको कमान्डमा गएका टोलिले ईशनाथ नगरपालिका वडा नंबर ९ लवतना टोलमा चेकजाँच गर्ने क्रममा ६ लाख ४० हजार रुपैयाँ सहित एक हुण्डी कारोबारीलाई पक्राउ गरेको हो।
नायब उपरिक्षक भन्डारीको कमान्डमा गएको टोलिले ईशनाथ नगरपालिका वडा नंबर २ अौरैया टोलका लक्ष्मण साहको १७ बर्षीय छोरा मनोज साहले हेलमेट भित्र लुकाई छिपाई ल्याई रहेको अवस्था पक्राउ गर्न सफल भएको हो ।
साहले तिब्र गतिमा चलाइरहेका बि। आर ।३० टि ।९२०८ नंबरको भारतीय स्पेलेन्डर मोटरसाइकल चेकजाँच गर्दा साह फन्दामा परेका हुन।
साह संग पक्राउ परेको ६ लाख ४० हजार रुपैयाँ ,मोटरसाइकल सहित परेको साहलाई अवश्यक कार्वाहीका लागि गौर भन्सार पठाउने त्यारी भईरहेको शस्त्र प्रहरी नायब उपरीक्षक भन्डारीले बताए ।
पछिल्लो समय शस्त्र प्रहरीले सादा पोसाकको टोलि नै खटाएपछि सिमा नाका बाट अबैध कारोबार गर्नेहरुमा हडकम्प मचेको छ।