विधुत प्राधिकरण मौलापुरद्वारा हुकिङ गरि चलाई रहेका बिधुतिय सामग्री पक्राउ


रौतहट । भदौ २७ गते
नेपाल बिधुत प्राधिकरण मौलापुर बितरण केन्द्र शाखाबाट खटिएका बिधुत चुहावट टोलीले विभिन्न ठाउँमा अनगुमन सुरु गरेका छन । प्रधिकरणले आफनो क्षेत्र अधिकार भित्र पर्ने विभिन्न ठाउँमा गस्ती परिचालन गरि बिधुत चुहावटलाई कम गर्न प्रयास जारी गरेका छन । शाखाबाट खटिएका टोलीले गाउँ घरहरुमा अबैध रुपमा हुकिङ गरि चलाई रहेका बिभिन्न बिधुतिय सामग्रीहरुलाई नियन्त्रणमा लिएका छन। बितरण केन्द्र मौलापुरले उपभोक्ताहरुलाई बिधुत चोरी नगर्नको लागि रेडियो लगायत विभिन्न संचार माध्यमबाट पटक पटक सुचना प्रसारण गरिदै आए पनि प्राधिकरणको उक्त सुचनालाई अवज्ञा गर्दै स्थानिय उपभोकताहरुले बिधुत चुहावट गर्दै आएका छन। साथै मौलापुर नगरपालिकाले आफनो नगर भित्रका सम्पुर्ण उपभोगताहरुको कृषि मिटरको बिधुत महसुल नगरपालिकाले नै तिर्ने सबै खाले निर्णय गरेपनि उपभोक्ताहरुले त्यसको ख्याल नगरि दिनदिनै बिधुत चुहावट गरिरहेको अवस्थामा मौलापुर शाखा बाट खटिएका शाखा प्रमुख शक्ति साह सहितको टोलीले मौलापुर नगरपालिका बिभिन्न वडाका टोल बाट १० वटा र बौधीमाई नगरपालिकाबाट २ वटा गरि जम्मा १२ वटा पानी तान्ने मोटर र एउटा एलसिडीको साथै एक थान होमथिएटर नियन्त्रणमा लिएको प्रमुख साहले बताउनु भयो। बिधुत चोरीमा बरामद गरिएका समानहरु आवश्यक कार्यबाहीको लागि नेपाल बिधुत प्राधिकरण मौलापुर बितरण केन्द्रको कार्यलयमा राखिएको छ।शाखा प्रमुख साहले उपभोक्ताहरुलाई कृषि कार्य गर्नको लागि कृषि मिटर लिएर मात्र उपभोग गर्न सबैसंग अनुरोध समेत गरेका छन ।