निजगढ भएको रक्तदान कार्यक्रममा ११४ जनाले रक्तदान गरे
बारा, साउन २६ गते । गौरीशंकर फाउन्डेसन ब्याच २०५७ निजगढले निजगढमा गरेको रक्तदान कार्यक्रममा १९ महिला १ सय १४ जनाले रक्तदान गरेका छन् । विश्वव्यापी रुपमा रहेको कोरोना भाईरस महामारीका कारण रक्तसंचार केन्द्रमा रगतको अभाव हुन नदिन यसरी गौरीशंकर फाउन्डेसन ब्याच २०५७ निजगढले रक्तदान कार्यक्रमको आयोजना गरेको फाउन्डेसनका संयोजक खड्गराज मैनालीले बताए । निजगढ बजार स्थित रहेका निजगढ बैकुट हलमा सम्पन्न रक्तदान कार्यक्रममा निजगढ फुटबल क्लव, मेची महाकाली बुहारी संयुक्त आवाज बारा, स्थानीय चौतारा युवा क्लव, निजगढ युवा संजाल लगायत सामाजिक संघ संस्थाहरुले स्वयमसेवीहरुले सराहनिय भूमिका निर्वाह गरेका थिए । यसरी कोरोना महामारीको समयमा समेत यस फाउन्डेसनले रक्तदान कार्यक्रम आयोजना गरी मानवीय मुल धर्म पुरा गरेको निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनालले बताए ।