शौचालय गएकी महिला बलात्कार

बारा, साउन २६ गते । बारामा फेरी एउटा बलात्कारको घटना सार्वजनिक भएको छ । जिल्लाको बारागढी गाउँपालिका–२ बिसुनपुर्वा टोलमा शौचालय गर्न गएकी २६ वर्षिया महिला बलात्कारकी शिकार हुन पुगेकी परिवारिक स्रोतले जनाएको छ । साउन १७ गते शनिबार करिब राती ८ बजे घर बाहिर शौचालयबाट फिर्ता आएर चापाकलमा हातखुट्टा धोइराखेको अवस्थामा सोही ठाउँका अन्दाजी ४० वर्षीया पन्नालाल साह तेलीले मुख थुनेर घर नजिकै रहेको फुलबारीमा लगेर बलात्कार गरेको पीडित परिवारले जनाएको छ । यसरी घटेको घटनाका बारेमा पीडित महिलाले घर परिवारमा जानकारी दिएको तथा २० गते कलैया अस्पतालमा चेकजाच गराइएको परिवारिक स्रोतले जनाएको छ । यता यसघटना बारे कसैलाई जानकारी दिए वा प्रहरीमा गएमा उल्टै गाँउ निकालागर्ने धम्की पीडकबाट आएको पीडित परिवारले जनाएको छ । यस्तै बालात्कारको बारेमा हामीलाई त्यसको भोली पल्ट जानकारी हुनासाथ दुबै पक्षलाई बुझ्ने प्रयास गर्दा आरोपित पीडक उपस्थित नभएकाले पीडित परिवारलाई जिल्ला प्रहरी कार्यालय बारा कलैयामा पठाइएको बारागढी गाउँपालिका–२ का वडा अध्यक्ष कृष्णप्रसाद चौधरीले बताए । महिलाको स्वास्थ्य परीक्षण प्रतिवेदन र प्रमाणका आधारमा अनुसन्धान सुरु गरि पीडकलाई खोजतलास सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।