जनताका कार्य नभए सार्वजनिक मुद्दा चलाइने प्रमुख जिल्ला अधिकारी

बारा, ९ गते । निर्वाचित पदाधिकारीहरुले जनताका कार्य समयमा पुरा नगरे तथा कर्मचारी माथि अभद्र व्यवहार गरेमा सिघै सार्वजनिक मुद्दा चलाउने बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोख्रेलले बताउनु भएको छ । बाराको प्रसौनी गाउँपालिकामा बुधवार परिचात्मक तथा समसामयिक कार्यक्रममा प्रजिअ. पोख्रेलले निर्वाचित पदाधिकारी तथा कर्मचारीहरु जनताको सेवक रहेको भन्दै त्यसलाई मालिक नठान्न अनुरोध गर्नुभयो । हालै पारित भएको १७ वटा नयाँ कानूनको बारेमा जानकारी राख्न सबै कर्मचारी तथा निर्वाचित पदाधिकारीहरु उहाँले बताउदै जनताको दैनिक हुने कामकाज नागरिकता सिफारिस, जन्म दर्ता, विवाह दर्ता, चार किल्ला, व्यक्तिगत विवरण लगायतका सिफारिसहरु बिना रुकावत गर्न सबै निर्वाचित तथा कर्मचारीहरुलाई निर्देशन दिनुभयो । विकास निर्माणको कार्यमा कमिशनको सप्रमाण भेटिएमा कानून बमोजिम जुन सुकै बेला हिरासतमा लिन सहभागि प्रहरी प्रमुखलाई उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा सहभागि वडाअध्यक्ष तथा वडा सचिवहरुले भारतीय महिलाको हकमा नागरिकता सिफारिसमा झनझटिलो कानून, विकास निर्माणका कार्यमा बिपक्षी दलबाट रुकावट, बोर्ड बैठकले एक्लौटी पोलेर जाने गरेको पालिका अध्यक्ष तथा उपाध्यक्ष माथि लगाएका थिए । प्रसौनी गाउँपालिका अध्यक्ष भोला प्रसाद साहको सभापतित्वमा तथा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गिता साह, प्रहरी उपरीक्षक विकासराज खनाल, सशस्त्र प्रहरी उपरीक्षक प्रकाश थापा, अनुसन्धान प्रमुख विमल घिमिरे, चन्दननाथ गणका गणपती पारस विक्रम शाह, प्रशासकिय अधिकृत शेरे मुस्तुफा लगायतका सहभागीहरुले गाउँपालिकाको कार्यमा सबै मिलेर जान आ आफना विचार राखेका थिए ।