हेटौंडामा यस्तो घटना, आँखै अगाडि विदेशीले चोरे काउन्टरको पैसा


हेटौंडा–शनिबार दिउँसो २ बजेर ५४ मिनेटमा हेटौंडा–२ मा रहेको विजय राइस मिलमा हरियो टिसर्ट ह्याट, ह्याटमाथि चश्मा, पाइन्ट लगाएको एक अधवैंशे विदेशी नागरिक प्रवेश गर्छन् । उनले थोरै हिन्दी भाषा मिसा र हाउभाउले एक किलो चामल खरिद गर्छ । काउन्टरमा रहेका मिल सञ्चालक कृष्णसागर श्रेष्ठलाई पर्सबाट झिकेर ५ सयको नोट दिन्छ । सो बेलासम्म बच्चा बोकेर एक विदेशी महिला पनि पसलमा प्रवेश गर्छिन् । सायद उनीहरु पतिपत्नी थिए । पत्नीले पसलमा रहेका स्टाफलाई कहिले अण्डा त कहिले चामल देखाउन भन्छे । यता पाँचसयको नोट दिएका पुरुषले फिर्ता नपाउँदै घर्रातिर हेरेर मलाई नेपाली नयाँ नोट चाहियो म साटेर विदेश लैजान्छु भन्ने संकेत गर्छ । विदेशी नागरिकले भनेपछि साटिदिन्छु नि त भनेर श्रेष्ठले सबै नोट देखाउँछन् । उ काउन्टरभित्रै पसेर हातमा नोटको बिटो बोकेर नयाँ नोट छान्ने बहाना गर्छ ।

आफ्नो हातमा भएको नोटको बिटो छान्दै गर्दा उसले श्रेष्ठलाई अर्को घर्रा खोल्न भन्छ । श्रेष्ठले अर्को घर्रा खोल्न आँखा पु¥याउँदा ति विदेशी चोरले आफ्नो हातमा भएको नोटको बिटो गोजीमा हाल्छ । अरु नोट पनि छान्छ तर, उसले नयाँ नोट भने लिँदैन । उल्टै अघि चामल किन्दा दिएको ५ सयबाट फिर्ता माग्छ । श्रेष्ठले दिन्छन् । उ एक प्याकेट चामल बोकर निस्कन्छ ।

त्यतिबेलासम्म ती बच्चा बोकेकी विदेशी महिला बच्चा बोकेर निस्किसकेकी हुन्छे । स्टाफलाई अल्मल्याउनकै लागि अण्डा लिन पठाएकी ति महिला अण्डा नलिई अगाडि नै निस्किन्छे । पछि सिसिटिभी फुटेज हेर्दा विदेशी नागरिकले चोरी गरेको घटनाबारे जानकारी पाइएको हो ।

करिब ४ मिनेटको अवधिमा भएको घटना विदेशी नागरिक हिँडेलगतै श्रेष्ठले सिसिटिभी फुटेज हेरेपछि थाहा पाउँछन् । तत्काल प्रहरीलाई घटनाबारे जानकारी गराए पनि ती दुई विदेशी पतिपत्नी भने फरार भए । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

विस्तृतमा हेर्नुहोस् सिसिटिभी फुटेज