हेटौंडा–१८ को बिकास गतिबिधि अब इन्टरनेटमा

हेटौंडा/ हेटौंडा उप महानगरपालिका– १८ नम्बर वडाको गतिबिधि अब बिश्वभर हेर्न सकिने भएको छ । सो वडाले आफ्नो छुट्टै बेभ साईट संचालनमा ल्याएको हो ।


वेभ साईटमा बिकास गतिबिधि, समाचार , पर्यटकीय क्षेत्र , नागरिक बडापत्र, बडा समितिका पदाधिकारी र कर्मचारी जानकारी साथै वडा भित्रका सम्पूर्ण जानकारी राखिएको अध्यक्ष अनिल बानियाले जानकारी दिएका हुन । बजेट अभावका कारण अध्यक्ष बानियाले आफ्नै खर्चमा वेबसाईट बनाउन लगाएका हुन् ।

हेटौंडा उप महानगर भित्रका १९ वडा मध्य सबै भन्दा पहिला आफ्नो बेभ साईट संचालनमा ल्याएर सूचना प्रबिधिमा ध्यान दिने १८ नम्बर वडा पहिलो भएको छ । वेभ साईट बनाउने कम्पनी एक्सनेट प्रतिनिधि प्रमेश प्रधानका अनुसार वेभ साईट सर्बोत्कृष्ट निर्माण भएको र अहिलेको सबै भन्दा आधुनिक रहेको छ । वेभ साईटमा जति पनि सुचना, फोटो र भिडियो अपलोड गर्न सकिने छ ।

अध्यक्ष बानियाले सुचना प्रबिधिको युगलाई समय संगसंगै अगाडि बढाउन वेभ साईट निर्माण गरिएको र यसबाट सेवाग्रहीले थप लाभ लिन सकिने बताउनुभयो । वेभसाईट http://harnamadi.hetaudamun.gov.np/ मा गएर हेर्न सकिन्छ ।