प्रदेश ३ मा नेकपाभित्र विवाद, सरकारको चर्को आलोचना

हेटौंडा– विनियोजन विधेयकको विषयलाई लिएर प्रदेश ३ को सत्तारुढ दल नेकपाभित्र विवाद सुरु भएको छ ।

प्रदेशसभाको बैठकमा बजेटमाथि छलफलको क्रममा मंगलबार आफ्नो धारणा राख्ने अधिकांशले सत्तापक्ष सांसद्हरुले प्रदेश सरकार र मन्त्रीको चर्को आलोचना गरेस“गै नेकपाभित्र विवाद सुरु भएको हो । नेकपाभित्रको विवाद सुल्झाउन बुधबार विहान आठ बजेटबाट बसेको संसदीय दलको बैठक दिउ“सो ३ बजेटसम्म बसेको थियो । संसदीय दलको बैठकमा समेत सत्तापक्षीय सांसद्हरुले सरकारको नेतृत्वमा रहेका मुख्यमन्त्री र मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्र केन्द्रीत योजनाहरु मात्र बजेटमा समावेश गरेको र अन्य सांसद्हरुलाई बेवास्ता गरेकोभन्दै विरोध जनाएका थिए ।

नेकपा संसदीय दलभित्रको विवादको असर प्रदेशसभाको बैठकमा समेत परेको थियो । विहान ११ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक दुईपटक सारेर ३ बजेबाट सुरु भएको थियो । प्रदेशसभाको बैठकमा समेत सत्तापक्ष सांसदहरुले बजेटको बचाउमा बोलेनन् । उनीहरुले समग्र प्रदेशलाई नभएर मन्त्री र पहु“च भएकाहरुको क्षेत्रमा बजेट विनियोजन भएको भन्दै उल्टै सरकारको विरोधमा आक्रोश पोखे ।

प्रदेशसभाको बैठकमा सरकारको आलोचनाको क्रम बुधबार पनि जारी रहेको छ । आगामी आर्थिक वर्षको बजेटमा विशेष गरी रसुवा र सिन्धुपाल्चोक जिल्लालाई वेवास्ता गरेर बजेट विनियोजन गरेको भन्दै सरकारको सत्तापक्ष र प्रतीपक्ष सांसद्हरुले विरोध गरिरहेका छन् ।

सांसद् प्रेम तामाङले आफूहरुलाई नीति तथा योजना आयोगले समेत पक्षपात गरेरको आरोप लगाए । रसुवा हिमाली र विकट जिल्ला भएपनि बजेटबाट पूर्णरुपमा उपेक्षा गरिएको उनको भनाइ थियो । सत्तापक्ष सांसद् शान्ति थिङले कृषि र सामाजिक विकास मन्त्रालयले कुनै पनि शीर्षकमा रसुवा जिल्लालाई बजेट विनियोजन नगरेकोभन्दै आक्रोश पोखिन् ।