स्थायी राजधानीको मुद्दाले फेरि तात्यो प्रदेश संसद

हेटौंडा–प्रदेश ३ को स्थायी राजधानी यथाशीघ्र टुङ्ग्याउन माग गर्दै फेरि एकपटक प्रदेश संसदमा गरामगरम सुरु भएको छ । सांसद्हरुले बजेट अधिवेशनभित्रै स्थायी राजधानी र नामाकरणको विषयलाई टुंगोमा पु¥याउन माग गरेका छन् ।

आगामी आर्थिक वर्ष २०७६/०७७ को बार्षिक बजेटमाथिको छलफलको क्रममा बोल्ने क्रममा सांसद्हरुले प्रदेशको स्थायी राजधानी र नामाकरणको विषय टुंग्याएर मात्र वर्षे अधिवेशनलाई टुंग्याउन सरकार समक्ष आग्रह गरेका हुन् । सत्तापक्ष र प्रतीपक्ष सांसद्हरुले प्रदेश सरकारले ल्याएको बजेट पूर्णरुपमा कार्यान्वयन गर्नका लागि स्थायी मानसिकतामा काम गर्न जरुरी रहेको र त्यसका लागि स्थायी राजधानी तोक्ने कार्यमा ढिलाई गर्न नहुने बताएका हुन् ।

‘प्रदेशसभाको भवन निर्माणका लागि प्रदेश सरकारबाट बजेट विनियोजन भएको पाइएको छ । प्रदेशको स्थायी राजधानी र नामाकरणको विषयलाई नटुंग्याइ उक्त भवन बनाउनु हु“दैन ।’, प्रदेशसभा सदस्य चन्द्रबहादुर लामाले आगामी आर्थिक वर्षको बजेटमा निर्माण हुने प्रदेशसभा भवन निर्माण कार्य रोक्नका लागि आफूहरुले प्रदेशसभामार्फत् सम्बन्धित मन्त्रीहरुको ध्यानाकर्षण गराउने बताए । ‘प्रदेशको राजधानी टुंग्याउनका लागि प्रदेशसभामा ध्यानाकर्षण र संकल्प प्रस्ताव दर्ता गराउन हामी सत्तापक्ष र प्रतिपक्ष सांसद्हरु तयार रहेका छौं ।’, उनले भने ।

‘बजेट कार्यान्वयन गरेर संघीयतालाई आत्मसाथ गर्नका लागि अब स्थायी राजधानीको विषय टुंग्याउन ढिलाई गर्नुहु“दैन । मुख्यमन्त्री, सभामुख तथा विपक्षी दलका नेता सवै यसविषयमा एकमत भएपनि बजेट अधिवेशनभित्रै यसलाई टुंग्याउन जरुरी रहेको छ ।’, प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले भने । ‘विनियोजन विधेयक पास भएस“गै प्रदेशको स्थायी राजधानीको विषय टुंग्याउन जरुरी रहेको छ ।,’ सांसद् रत्न ढकालले भने । प्रदेशसभा सदस्य निमा लामाले प्रदेशको स्थायी राजधानी र नामाकरण फास्टट्रयाक विधिबाट टुंग्याएर अगाडि नबढेको खण्डमा सरकार असफल हुने दावी गरे ।